दफा २३
निरीक्षण तथा खानतलासीको अधिकार
: यो ऐन बिरुद्ध कसैले कुनै काम गरेको भन्ने विश्वास हुने मनासिब कारण भएमा निजले गरेको त्यस्तो कामको सबुत बुझ्नको निमित्त वा निजको गिरफ्तारीको निमित्त आवश्यक भएमा तोकिएको अधिकारीले तोकिएको अधिकारीबाट वारेण्ट प्राप्त गरी जुनसुकै समय त्यस्ता व्यक्तिको घर, जग्गा, जमिन र सबै प्रकारको सवारीमा प्रवेश गर्न र खानतलासी गर्न सक्नेछ ।
तर कुनै घर जग्गा, जमिन वा संवारीमा प्रवेश गरी खानतलासी गर्न पाउने वा कुनै कसूरदारलाई गिरफ्तार गर्न पाउने वारेण्ट प्राप्त गर्न केही समय लाग्ने भई सो समयभित्र कसूरदार भागी जाने वा कसूरको सबुत गायव गरिने सम्भावना देखिएमा त्यस कुराको लिखित अभिलेख खडा गरी तोकिएको अधिकारीले पनि त्यस्तो घर, जग्गा, जमिन वा सवारीमा प्रवेश गर्न र खानतलासी गर्न सक्छ ।
स्पष्टीकरण : यस दफा अन्तर्गत बिना वारेण्ट प्रवेश र खानतलासी गर्दा दफा ३० मा तोकिएको दर्जा भन्दा मुनिको दर्जाको अधिकारीले गर्न पाउने छैन । साथै त्यसरी बिना वारेण्ट प्रवेश वा खानतलासी गर्दा कसूरदारको गिरफ्तारी वा सबुत बरामद नभएको अवस्थामा प्रवेश वा खानतलासी गर्ने अधिकारीले प्रवेश वा खानतलासीसित सम्बन्धित व्यक्तिलाई प्रवेश वा खानतलासी गरेको कुराको प्रमाणपत्र दिनु पर्छ र त्यसरी प्रवेश वा खानतलासी गर्नु पर्ने कारण समेत खोली सो भए गरेको मितिले पन्ध्र दिनभित्र तोकिएको अधिकारीलाई लिखित सूचना समेत दिनु पर्छ ।